नेपालगञ्ज : बाँकेमा शुक्रबार कोरोना संक्रमणबाट २५ बर्षिय किशोरीको मृत्यु भएको छ । उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका–२ स्थायी घर भई नेपालगञ्ज–९ बाँकेगाउमा बस्दै आएकी उनीलाई भदौ ३० गते नै कोरोना संक्रमण पुष्टि भई भेरी अस्पतालको आईशोेलेशन वार्डमा भर्ना गरिएको थियो ।
उनलाई रेमडेसिभिर, सिपिएपि र प्लाज्मा थेरापी तथा भेन्टिलेटर समेतको प्रयोग गरी उपचार गरिएकोमा उनको शुक्रबार पौने पाँचबजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
नेपालगञ्जको निदान डाईगोनोस्टिक सेन्टरको लेखा शाखमा कार्यरत रहेकी यी किशोरीसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । बाहिर जिल्लाका ८ जनाको ज्यान गईसकेको छ ।