तयार नेपालले अपारदर्शी योजना वितरण गरेको गुनासो

नेपालगञ्ज, १५ आश्विन २०७७, बिहीबार १८:१६
 

नेपालगञ्ज  : तयार नेपाल भन्ने अमेरिकी परियोजनाले सुदूरपश्चिम प्रदेशमा विपद व्यवस्थापनसंग सम्बन्धित काम गर्नको लागि विभिन्न संघ संस्थाहरुबाट २०२० को सुरुतिर आब्हान गरेको प्रस्ताव छनौट प्रकृया अपारदर्शी भएको व्यापक गुनासो आएको छ ।

प्रस्ताव माग गरिए अनुसार समयमा सुदुरपश्चिम क्षेत्रका विभिन्न संघसंस्थाहरुले सोही क्षेत्रमा विपद व्यवस्थापनको काम गर्ने आशा राख्दै प्रस्ताव पेश गरे पनि संस्था छनौटको प्रकृया पारदर्शी नगरेको कारणले प्रकृया पुरा गर्नमात्र प्रस्थाव आवहान गरेको नाटक रचिएको दाबी गरिएको छ ।

प्राप्त सूचना अनुसार तयार नेपालमा कार्यरत विशिष्ट व्यत्तित्वसंग सम्पर्कमा रहेका संघसंस्थाले मात्र योजना प्राप्त गर्न सफल भएको गुनासो यस क्षेत्रका गैरसरकारी संस्थाहरुमा व्याप्त छ ।

सो योजना तयार नेपालका उप–प्रमुख तिर्थराज जोशीसंग अत्यन्त निकट रहको धनगढीको ट्रेस नेपालले योजना हात पारेको भन्ने व्यापक चर्चा छ । ट्रेस नेपाल जोशीले निकटका व्यक्तिको संस्था भएकोले कार्यक्रम पाएको चर्चा चुलिदो अवस्थामा छ ।

जोशी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीमा अधिकृतस्तरमा कार्यरत रहदा सामाजिक परिचालकको रुपमा काम गर्ने छत्रबहादुर बम हाल ट्रेस नेपालका अध्यक्ष भएर संस्था सञ्चालनमा ल्याएका छन् ।


उनि दुइविचको सम्बन्ध घनिष्ट छ भन्ने कुराको प्रमाण २०७२ सालको भूकम्प पश्चात अमेरिकी रेडक्रसको सहयोग कार्यक्रम अन्र्तगत सिन्धुपाल्चोक, नुवाकोट, रसुवा जिल्लामा डकर्मीहरुलाई भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम दिनको लागि उक्त क्षेत्रमा दक्ष तालिम दिने संस्था सो क्षेत्रमा नभएको जस्तै गरि धनगढीबाट बमको संस्था ट्रेस नेपाललाई प्रशिक्षकको रुपमा लैजानुले पुष्टि गर्ने स्रोतले दाबी गर्यो ।

यसै सम्पर्कको आधारबाट सिपमुलुक तलिम दिने संस्थाले विपद व्यवस्थापनसंग सम्बन्धित योजना प्राप्त गर्नुलाई उनि दुइ विचको सम्वन्ध अझै रहिरहेको थप प्रमाण भएको स्रोतले बतायो ।

स्थानीय संघ संस्थाले तयार नेपालले जसरी पत्रिकामा सार्वजनिक सूूचना प्रकाशित गरी प्रस्तावनाको आब्हान गर्यो त्यसै गरि छनौट भएका योजना र संघ संस्थाको नाम प्रकाशित नगरी चलखेलको आधारमा अपारदर्शी योजना वितरण भएको भन्ने आशंका सजिलै गर्न सकिन्छ ।

 

Next Post

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसमा दुई सम्मानित

१५ आश्विन २०७७, बिहीबार १८:१६
नेपालगञ्ज : ३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस बाँकेमा पनि मनाइएको छ । दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को जेष्ठ नागरिक समाज तथा मिलन केन्द्रले सोही वडाका दुई जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा नेपाली सेनाका पूर्व सुबेदार ९६ बर्षिय बलबहादुर खड्का र समाजसेवी […]