कोरोना संक्रमित चिकित्सकको मृत्यु

सदरलाइन संवाददाता १५ आश्विन २०७७, बिहीबार १६:५३
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगञ्जमा एकजना बरिष्ठ चिकित्सकको मृत्यु भएको छ । भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचाररत् ५९ वर्षिय उनको बिहीबार दिउँसो मृत्यु भएको अस्पतालका मेसु डा.प्रकाश थापाले जानकारी दिए ।

मृतक चिकित्सक हाल कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । उनलाई सुर्खेतमै भाइरस संक्रमण भएको अवस्थामा नेपालगञ्ज ल्याईएको थियो । उनी खजुरा–३ का स्थायी बासिन्दा हुन ।

सुरुमा उनलाई त्यही उपचार गरिएको तर, अवस्थामा सुधार नभएपछि असोज २ गते सुर्खेतबाट ल्याएर भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडिसिभिर औषधिसँगै उनलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको थियो ।


अस्पताल स्रोतका अनुसार उनको अवस्था विग्रदै गएपछि भेन्टिलेटरमा राखेर उपचार अघि बढाउदैै गर्दा बिहीबार दिउसो ३ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

Next Post

तयार नेपालले अपारदर्शी योजना वितरण गरेको गुनासो

१५ आश्विन २०७७, बिहीबार १६:५३
नेपालगञ्ज  : तयार नेपाल भन्ने अमेरिकी परियोजनाले सुदूरपश्चिम प्रदेशमा विपद व्यवस्थापनसंग सम्बन्धित काम गर्नको लागि विभिन्न संघ संस्थाहरुबाट २०२० को सुरुतिर आब्हान गरेको प्रस्ताव छनौट प्रकृया अपारदर्शी भएको व्यापक गुनासो आएको छ । प्रस्ताव माग गरिए अनुसार समयमा सुदुरपश्चिम क्षेत्रका विभिन्न संघसंस्थाहरुले सोही क्षेत्रमा विपद व्यवस्थापनको काम गर्ने आशा राख्दै […]