नेपालगञ्जकी कोरोना संक्रमित महिलाको मृत्यु

सदरलाइन संवाददाता १४ आश्विन २०७७, बुधबार १४:४९
 

नेपालगञ्ज : कोरोना संक्रमित एकजनाको बाँकेमा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज वडा नं. १ की ३५ वर्षीया कोरोना संक्रमित महिलाको बुधवार दिउँसो मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या १६ पुगेको छ ।

Next Post

बाँकेमा परीक्षण गर्दा २९ जना संक्रमित थपिए

१४ आश्विन २०७७, बुधबार १४:४९
नेपालगञ्ज : नेपालगञ्ज : बाँकेस्थित विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज, मेडिकल कलेज कोहलपुर र वागेश्वरी डाग्नोष्टिक सेन्टरको ल्यावमा गरिएको परीक्षणमा नेपालगञ्जका १९, कोहलपुरका ६, बैजनाथका १ र बर्दियाका ३ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बेलुका […]