२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोनामुक्त भई आइतवार २३ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेबाट २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपति, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक चिकित्सकसहित ११ महिला र १२ पुरुष गरी २३ जना कोरोनामुक्त भई आइतवार डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ३४ पुगेको छ । उनिहरुलाई भदौ २८ गते कोरोना संक्रमण देखिएपछि जिल्लाको विभिन्न आइसोलेसशनमा राखिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार विभिन्न आइसोलेशन केन्द्रमा हाल ३ सय ५९ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय ५ रहेको छ भने १२ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतबार
ताजा समाचार