बुधवार बाँकेबाट ७३ जना डिस्चार्ज

सदरलाइन संवाददाता ७ आश्विन २०७७, बुधबार ०९:०८
 

नेपालगञ्ज : बाँकेमा एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा बस्दै आएका ७३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा कोरोना मुक्त हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेशन तथा होमआइसोलेशनमा अझैं ३ सय २६ जना संक्रमित उपचाररत छन् ।


जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय ७४ पुगेको छ भने ११ जनाको मृत्यु भइसकेको छ । बाँकेमा कोरोना संक्रमितको निको हुने दर ७९ दशमलव ८७ प्रतिशत रहेको छ ।

Next Post

बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु

७ आश्विन २०७७, बुधबार ०९:०८
नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना संक्रमित ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । बर्दिया ठाकुरबाबा नगरपालिका निवासी कोरोना पोजेटिभ ती पुरुषको स्वास्थ्य अवस्थामा समस्या आएपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याईएको थियो । बाँकेका […]