२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

शुक्रवार र शनिवारको निषेधाज्ञा हटाइयो



नेपालगञ्ज : शुक्रवार र शनिवार बाँकेमा लगाइँदैै आइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले भदौ १२ गते गरेको निर्णय उल्टाउँदै निषेधाज्ञा फुकुवा गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको गति र फैलावटलाई नियन्त्रण गर्न भन्दै केन्द्रले यसअघि शुक्रवार र शनिवार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । यो निर्णयको नेपालगञ्ज उद्योग बाणिज्य संघलगायत नागरिकस्तरबाट व्यापक विरोध भएको थियो ।

निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ संक्रमण भएर लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमितहरुलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखाको संयोजकत्वमा नियमित अनुगमन र सुपरिभेक्षणमा रहने गरी होम आइसालेशनमै राख्ने निर्णय पनि गरेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७ भदौ ३१ गते बुधबार
ताजा समाचार