खजुरामा पाँच दिने निषेधाज्ञा जारी

; २२ भाद्र २०७७, सोमबार १६:०१
 

खजुरा (बाँके) : बाँकेको खजुरा गाँउपालिकामा सोमवारदेखि निषेधाज्ञा लागु गरिएको छ । गृहमन्त्रालयको पत्रानुसार सोमवार राती १२ बजेदेखि भाद्र २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

खजुरा क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएपछि गाँउपालिकाको अनुरोधमा निषेधाज्ञा जारी गरिएको कुरुम्वाङले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।


नेपालगञ्ज गुलरिया सडकखण्डको कपास विकास समितिदेखि विपि प्रतिक्षालयसम्मको सडकदेखि दायाँबायाँ ५ सय मिटरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा सञ्चालन तथा हिँडडुलमा समेत प्रतिवन्ध लगाइएको छ ।

Next Post

कोरोनाबाट मृत्यु भएका घलेको अन्त्येष्टी

२२ भाद्र २०७७, सोमबार १६:०१
नेपालगञ्ज : कोरोना संक्रमणबाट मृत्यु भएका नेपालगञ्ज उपमहानरपालिकाका कर्मचारी युवराजबिक्रम घलेको सोमवार अन्त्येष्टी गरिएको छ । ५९ वर्षीय घलेको बाँकेको राप्ती नदीस्थित सिधनियाँ घाटमा हिन्दु संस्कारअनुसार अन्त्येष्टी गरिएको हो । नेपाली सेनाको सलामीसहित घलेको अन्त्येष्टी गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगञ्ज वडा नं. ९ का […]