२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

नेपालगञ्जका बैंक तथा बित्तिय कर्मचारीद्वारा एकहजार भिटिएम सहयोग



 

नेपालगञ्ज :  कोभिड–१९ को कहरबाट जोगिन समुदायस्तरसम्म कोरोना जाँच आवश्यक भएको आवाज उठी रहेकै बेलामा कोरोना जाँचको लागि आवश्यक पर्ने भिटिएम सहयोग प्राप्त भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले नेपालगञ्जका  बैंक तथा  बित्तीय  कर्मचारीहरुले कोरोना परिक्षणलाई जनस्तरसम्म पुराउन स्वाब संकलनको लागि आवश्यक भिटिएम उपलब्ध गराएको जानकारी दिए ।

नेपालगञ्जका बैंक तथा बित्तीय कर्मचारीहरुले कोरोना परिक्षणलाई सहयोग पुराउन १ हजार थान भिटिएम उपलब्ध गराएका थिए । कोरोना जाँचको लागि सेम्पल राख्न आवश्यक पर्ने भिटिएमको अभाव कै अवस्थामा प्राप्त भएको सहयोगले कोरोना नियन्त्रणमा ठूलो सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बताए ।

उनले आफ्नो फेशबुक वालमा लेखेका छन्–‘बिपत्तिमा हामी एक छौ । नेपालगन्जस्थित बैंक तथा बित्तीय कर्मचारीहरुको तर्फबाट १ हजार थान भिटिएम प्राप्त भएको छ ।’ उनले अन्य संघसंस्थाहरुलाई पनि विपत्तिमा एकजुट भएर लाग्न आग्रह समेत गरेका छन् ।

 

प्रकाशित मिति : २०७७ भदौ १२ गते शुक्रबार
ताजा समाचार