नेविसंघद्वारा क्याम्पस प्रशासनमा तालाबन्दी

१ भाद्र २०७७, सोमबार १३:३३
 

नेपालगञ्ज : नेविसंघले महेन्द्र बहुमुखी क्याम्पसको प्रशासन फाँटमा तालाबन्दी गरेको छ । नेविसंघ इकाई समितिले सोमवार नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको प्रशासन शाखामा तालाबन्दी गरेको हो ।

पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै तालाबन्दी गरिएको नेविसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयमा विधिविधानलाई तिलाञ्जली दिँदै अवैधानिक नियुक्ति गरी निरंकुशतापूर्वक थुपार्ने प्रबृत्तिको विरोध गर्दा पक्राउ परेका नेविसंघका नेता कार्यकर्ता रिहाईको माग गर्दै तालाबन्दी गरिएको इकाई सभापति चन्द्रप्रकाश देवकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गरी प्राज्ञिक वातावरण निर्माण गर्न विज्ञप्तीमार्फत माग गर्दै माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।

Next Post

पत्रकारितामा कोरोनाको असर सर्भेक्षण रिपोर्ट बुधवार सार्वजनिक हुने

१ भाद्र २०७७, सोमबार १३:३३
नेपालगञ्ज : पत्रकारिता अध्यापनमा देशकै अग्रणी संस्था नेपाल प्रेस इन्स्टिच्यूट र बर्नमथ विश्वविद्यालय लण्डनले हालै सम्पन्न गरेको कोरोना भाईरस (कोभिड—१९)ले नेपाली पत्रकारितामा पारेको असरबारेको सर्भेक्षण रिपोर्ट सार्वजनिक गर्ने भएको छ । भाद्र ३ गते बुधवार २ बजे जुम अनलाईन प्रविधिमार्फत् रिपोर्ट सार्वजनिक हुने कार्यक्रम तय भएको कुरा नेपाल प्रेस इन्स्टिच्यूटका […]