नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालनमा रहेको गणपति डेन्टल क्लिनिक कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेको छ । अनलाईन खोजखवर मिडिया पार्टनर रहेको सो कार्यक्रममा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको हो ।
जमुनाह नाकादेखि धम्वोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन–९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन–डी, विष्कुट र पानी वितरण गरिएको क्लिनिक संचालक डा. प्रतिक श्रेष्ठले जानकारी दिए ।
कोरोन भाइरस महामारीकाबीच फ्रन्टलाइनमा खटिएर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको उनको भनाइ छ ।
करिव ५० जनालाई सामाग्री वितरण गरिएको जानकारी दिदै उनले त्यसमा केही पत्रकारहरुलाई समेत समेटिएको बताए । उनले आगामी दिनमा पनि यसखालको अभियानलाई जारी राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।