नेपालगञ्ज : नेपालगञ्ज वडा नं–२१ को नयाँबस्तीमा दुई युवा समूहबीच झड्प हुँदा दुई गम्भीर घाइते भएका छन् । बाँके प्रहरीका अनुसार शनिबार साँझ दुई युवा समूहबीच भएको झडपबाट राज खड्का र सलमान खान घाइते भएका छन् ।
खड्काकोे घाँटी र ढाडमा काटिएको चोट छ । भने सलमानको ढाड र खुट्टामा घाउ लागेको छ । केही समय पहिले समय ती युवाबीच सामान्य कुटाकुट भएको थियो । त्यही कुरालाई लिएर शनिबार साँझ सहमति गर्ने भनेर जम्मा भएको थिए ।
घाइते खडकाको घाँटीबाट रगत बगिरहेकाले नेपालगञ्ज मेडिकल कलेजमा पुर्याइँदा सम्भव नभएको भन्दै कोहलपुर रिफर गरिएको र सलमानको नेपालगञ्जमै उपचार सुरु भएको र दुबै खतरा मुक्त रहेको जिल्ला प्रहरी बाँकेका प्रहरी निरिक्षक हृदेश सापकोटाले जानकारी दिए । उनले घटनाको अनुसन्धान सुरु गरेको बताए ।