प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच फोनबर्ता

३१ श्रावण २०७७, शनिबार १४:५२
 

काठमाडौं : नेपाली भूभाग लिपूलेक कालापानीसहित समेटेर जारी गरिएको नक्सापछिको नेपाल–भारतबीचको संवादहिनता शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनबार्ता मार्फत टुटेको छ । दुई प्रधानमन्त्रीबीच शनिवार बिहान करिब १० मिनेट टेलिफोन कुराकानी भएको थियो ।

भारतको ७४औँ स्वतन्त्रता दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरी बधाई दिएको प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले दुई प्रधानमन्त्रीबीचका कुराकानीका बाँकी अंशलाई परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर सार्वजनिक गर्ने भएको बताए ।

नेपाल सरकारले कालापानी, लिम्पियाधुरासहित मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई प्रधानमन्त्रीबीच संवाद टुटेको थियो । टेलिफोन कुराकानीमा भने नेपालका समसामयिक अन्य विषय समेत उठेको थियो । भारतमा कोरोनाले चर्को आक्रमण गरेको सन्दर्भमा संयमता अपनाई कोरोनाविरुद्ध लड्नुपर्ने धारणा दुई प्रधानमन्त्रीबीच भएको थियो ।


गत अप्रिल १० मा दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन कुराकानीमा समेत विशेषतः कोरोना रोकथाम र जोगिने विषयमा कुराकानी भएको थियो । कोरोना भाइरसकाविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने र लकडाउनका कारण एक अर्काका मुलुकमा रोकिएका नागरिकलाई कसरी राम्रो हेरचाह गर्ने विषय उतिबेला उठेको थियो ।

कोरोना महामारीका बीच भारतले तत्कालीन ब्रिटिस शासनबाट स्वतन्त्रता पाएको खुशियालीमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । सन् १९४७ अगस्ट १५ मा भारतीय जनताले तत्कालिन ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गरेका थिए ।

यही अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई सामाजिक सञ्जालमा समेत शुभकामना दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत आज शुभकामना दिएका हुन ।

ट्वीटरमा प्रधानमनत्री ओलीले लेख्छन् ‘बधाई तथा शुभकामना, प्रधानमन्त्री नरेन्द्र मोदीजी, भारतको ७४ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछु ।’ खुलानेपालबाट

Next Post

बुटवलमा उपचाररत एक संक्रमितको मृत्यु

३१ श्रावण २०७७, शनिबार १४:५२
सदरलाइनडटकम, बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको शनिवार बिहान मृत्यु भएको छ । तीन दिनअघि अस्पताल भर्ना भएका ४२ वर्षीय ती पुरुषको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । डा. गौतमका अनुसार ती […]