सदरलाइनडटकम,
नेपालगञ्ज : जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शील गरिएको नेपालगञ्ज उपमहानगरपालिकामा आइतवारदेखि सेवा सुचारु हुने भएको छ । नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा आइतवारदेखि निरन्तरता दिन लागिएको जानकारी दिए ।
उपमहानगरपालिकासँगै सम्पूर्ण २३ वटै वडा कार्यालय पनि आइतवारदेखि सुचारु हुने मेयर राणाले बताए । नेपालगञ्ज उपमहानगरपालिकामा कोरोनाविरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।
सेवाग्राहीले कार्यालयमा प्रवेश गर्नासाथ साबुन पानीले हात धुने, सेनिटाईजरसहित ज्वरो नाप्ने ब्यवस्थासमेत मिलाइएको छ । उपमहानगरपालिकाले सेवाग्राहीलाई सेवा लिन आउँदा मास्क र सेनिटाईजरको प्रयोग गर्न तथा भिडभाड नगर्न आग्रह गरेको छ ।
Next Post
बाँकेका थप २२ सहित ३० जनामा कोरोना पुष्टि
२९ श्रावण २०७७, बिहीबार १६:१३
सम्बन्धित
-
२१ मंसिर २०७९, बुधबार १३:२८
जिल्ला अस्पताल मुगुमा छैन जीवनजल
-
२५ पुष २०८०, बुधबार १५:०१
ई–रिक्सा ब्यवसायीद्वारा नेपालगञ्ज उपमहानगरपालिका घेराउ
-
४ आश्विन २०७५, बिहीबार १६:३७
मोहरमको ताजिया आज स्थापना गरिदै
-
२४ कार्तिक २०७९, बिहीबार १३:०८
बाँके क्षेत्र नं. १ मा नयाँ अनुहार रोज्दै मतदाता
-
२१ माघ २०७९, शनिबार १२:५५
नेपालगञ्जमा मैत्रीपूर्ण फुटसल, शिक्षिकाहरुलाई हराउँदै पत्रकार महिला विजयी
-
२३ पुष २०७४, आईतवार १७:१४
नेपालगन्जमा अपायक स्थानमा जेब्रा क्रशिङ्ग, बाटो पार गर्नेलाई झन सास्ती