२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

बाँके कारागारका महिला कैदीबन्दी थुनुवालाई बर्दिया र दैलेख पठाईयो



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके कारागारका कैदीबन्दी र थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई राख्नको लागि आईशोलेशन निर्माण गर्ने उद्देश्यले कारागारमा रहेका महिला कैदीबन्दी र थुनुवालई अनेत्र जिल्ला सारिएको छ ।

बाँके कारागारमा क्षमता भन्दा अधिक कैदीबन्दी र थुनुवाको चाप रहेको कारण उनीहरुको व्यवस्थापनमा कठिन भएको गुनासो आई रहेकै बेलामा कारागारका कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनसंगको समन्वयमा कारागार प्रशासनले महिला कंैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा सारेको हो ।

बाँके कारागारमा रहेका महिला कैदीबन्दी र उनका आश्रीत नाबालक एक गरी ३१ जना दैलेख कारागार पाठाईएको छ भने १५ जना थुनुवा र एक नावालक आश्रीत गरी १६ जनालाई बर्दिया जिल्ला कारागारमा स्थान्त्ररण पठाईएको बाँके कारागारका जेलर देबेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

२ सय ५० पुरुष र ५० जना महिला गरी ३ सयको कैदीबन्दीको क्षमता रहेको बाँके कारगारमा हाल दोब्बर बढी ७ सय ७० पुरुष र ४५ महिला र दुई आश्रित नावालक गरी ८ सय १७ जना कैदीबन्दी र थुनुवा रहेका छन ।

कारागारमा रहेका कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा जाँच हुँदा संक्रमितको संख्या बृद्धि हुनसक्ने आंकलन गरी महिला कैदीबन्दीलाई अनेत्र सारेर महिला कारागारलाई कैदीबन्दीहरुको आईशोलेशन बनाउने तयारी समेत भएको जेलर श्रेष्ठले बताए । महिला कैदीबन्दीहरुलाई विषेश सुरक्षाको प्रबन्ध मिलाई दैलेख र बर्दिया पठाई सकिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मंगलबार
ताजा समाचार