नरैनापुर मिसन पुरा भएपछि सेना फिर्ता

१३ श्रावण २०७७, मंगलवार १४:५८
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) :  कोबिड–१९ को महामारीको बेलामा भयावह स्थितिको बेलामा बाँकेको नरैनापुरमा परिचालित गरिएको नेपाली सेनाको टोली नरैनापुरबाट फिर्ता भएको छ ।

नेपालगञ्जको राँझास्थित भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापाका अनुसार ११ गते आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैैठकले नरैनापुरबाट सेनालाई फिर्ता गर्ने निर्णय गरेपछि नरैनापुरमा परिचालित टोली फिर्ता हुने भएको हो ।

गणपति थापाले मंगलबार साँझसम्म सबै टोली फिर्ता आइसक्ने जानकारी दिए । नरैनापुरका क्वारेन्टाइन व्यवस्थापन, सिल गरिएको क्षेत्रलाई अनुगमन, लकडाउनलाई कार्यान्वयन गर्न, शान्ति सुरक्षालाई सहज बनाउने जिम्मेवारी सहित परिचालित भएको सेना स्थिति सहज भएपछि फिर्ता गरिएको हो ।
‘नरैनापुरमा शान्ति सुरक्षामा सुधार आएपछि त्यहा रहेको टोलीलाई विपदमा खटाउनु पर्ने भएकाले फिर्ता बोलाइएको हो’–उनले भने–‘ फेरी आवश्यकता महशुस भएमा जान सकिने छ ।’
नरैनापुरको क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई कोरोना पुष्टि भएपछि आइसोलेसनमा ल्याउँदा स्थानीयले विरोध गरेपछि जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको थियो ।


११ जेठदेखि नरैनापुरमा सह सेनानी सुरेशकुमार श्रेष्ठको कमाण्डमा ४५ जनाको एक प्लाटुन नेपाली सेना टोली जय किसन मावि परिसरमा अस्थायी क्याम्प बनाएर बसेको थियो । फिर्ता हुनु अघि २० जना सेनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

कुनै बेला देशकै सबैभन्दा बढी कोरोना संक्रमित रहेको नरैनापुर कोरोना मुक्त भइसकेको छ । नरैनापुरमा १ सय १९ जना संक्रमित रहेकोमा सबै निको भएर घर फर्किसकेका छन् । नरैनापुर ५ का २५ वर्षका एक युवकको भने क्वारेन्टाइनमै बसेको बेला मृत्यु भएको थियो ।

Next Post

नेपालगञ्ज वडानं. १८ ले हाईमास्ट ल्यायो सञ्चालनमा

१३ श्रावण २०७७, मंगलवार १४:५८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ ले पहिलो पटक वडामा दुई वटा हाईमास्ट लाईट सञ्चालनमा ल्याएको छ । आफ्नै खर्चमा हाईमास्ट लाईट लगाउने नेपालगञ्ज वडा नं. १८ पहिलो वडा हो । वडाले कारकादो चोक र एसके पेट्रोलपम्प नजिकै लगाईएको सो हाईमास्ट लाईट वडाको आफ्नै बजेटबाट लगाईएको वडा अध्यक्ष […]