नेकपा बाँकेले मनायो पुष्पलाल स्मृति दिवस

७ श्रावण २०७७, बुधबार १३:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस नेकपा बाँकेले नेपालगञ्जमा एक कार्यक्रम गरी मनाएको छ । नेपालगञ्जस्थित पुष्पलाल चोकमा गरिएको कार्यक्रममा श्रेष्ठको शालिकमा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा नेकपाका नेता तथा संविधानसभा सदस्य देवराज भार, प्रदेश सांसद् बाबुराम गौतम, प्रदेश सांसद् तथा पार्टी जिल्ला अध्यक्ष आइपी खरेल, पार्टी सचिव अशोक कोइरालालगायतका नेताहरुले कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेका योगदानका बारेमा चर्चा गरेका थिए ।
१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।
नेकपाको स्थापना भारतको कोलकातामा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

Next Post

बाँकेमा थपिए तीन जना कोरोना संक्रमित

७ श्रावण २०७७, बुधबार १३:४४
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा तीनसहित सात जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा बाँकेको नेपालगञ्ज वडा नं. १८ की २६ वर्षीय एक महिला, राप्तीसोनारी वडा नं. २ का २० वर्षीय पुरुष र वडा नं. ८ की ३६ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै […]