विप्लवद्वारा बाँकेमा ६ बिगाहा जग्गा कब्जा

४ श्रावण २०७७, आईतवार १४:०७
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुकुम्बासी आयोगले बाँडेको ६ बिगाहा जग्गा कब्जा गरेको छ ।
थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपालले जग्गा रहेको ठाउँमा ’भूमाफियाहरु होसियार’ लेखेको ब्यानर राखेर जग्गा कब्जा गरेको बताएको हो । सुकुम्बासी आयोगले केही वर्ष अघि वितरण गरेको कोहलपुर नगरपालिका वडा नं. ४ किरणनाला छेउँको ६ बिगाहा जमिन जनसत्ताले कब्जा गरेको हो ।
त्यति बेला आयोगका अध्यक्ष सन्तोष बस्नेत थिए । जनपरिषद्ले केन्द्रीय नीतिअनुसार उक्त जग्गामा झण्डा र ब्यानर राखेर जग्गा कब्जामा लिएको बताएको छ ।

Next Post

आइतवार देशभर थपिए १५६ संक्रमित

४ श्रावण २०७७, आईतवार १४:०७
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २७ वटा प्रयोगशालामा तीन हजार ७ सय ४१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या […]