बाँकेमा ठूलो परिमाणको सुर्तिजन्य पदार्थ बरामद

२१ असार २०७७, आईतवार १२:५०
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बिओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ बाट करीब २ लाख बराबरको पान र सुपर पावर सुर्ति बरामद गरेको हो ।
लुकीछिपी भारतबाट भित्र्याइएको ४ हजार पात पान र ६ सय ५० पोका सुर्ति शनिवार राती ११ बजे बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
करीब २० हजारको पान र १ लाख ६२ हजार ५ सयको सुपर पावर सुर्ति गरी १ लाख ८२ हजार ५ सय बजार मूल्य पर्ने उक्त सामान बरामद गरिएपनि रातीको मौका छोपेर तस्करहरु फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।
बरामद गरिएको पान नष्ट गरिएको छ भने सुर्तिलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।


Next Post

कञ्चनपुरमा एक पुरुषको हत्या

२१ असार २०७७, आईतवार १२:५०
सदरलाइनडटकम, कञ्चनपुर : धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक जनाको हत्या भएको छ । पुनर्वास नगरपालिका–५ का ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट हत्या भएको हो । कुँवरको छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले शनिवार राती हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर […]

सम्बन्धित