कतार च्यारेटीको सहयोग बाँके युनेस्को मार्फत हस्तान्त्रण

१८ असार २०७७, बिहीबार १२:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोभिड–१९ नोबल कोरोना भाईरसको महामारी विरुद्धको अभियानमा हातेमालो गर्दै बाँके युनेस्को क्लवले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके र बर्दियालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

क्लवले कोरोना बिरुद्धको अभियानमा फ्रन्टलाईनमा खट्ने चिकित्सक स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि बाँके र बर्दियाका विपद व्यवस्थापन समिति मार्फत ३०–३० थान सेट पीपीई र ३–३ थान थर्मल गन हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगलाई ३० थान पीपीई र ३ थान थर्मल गन बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरील हस्तान्तरण गरेका हुन ।

कोरोना विरुद्धको संघर्षमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अति आवश्यक पर्ने पीपीई लगायतका स्वास्थ्य सामाग्रीको अभाव भएको बेला कतार च्यारेटीले प्रदान गरेको सहयोग अतुलनीय रहेको प्रमुख जिल्ला अधिकारी कुरुम्वांङ्गले बताए ।

उनले अझै पनि कोबिड–१९ बाट जोगिनको लागि धेरै चुनौती बाँकी रहेकोले यस्ता सामाग्रीको अति नै आवश्यकता रहेको जनाउँदै क्लब र कतार च्यारेटीलाई धन्यवाद दिदै अझै सहयोगको लागि अपिल गरे ।


क्लबका अध्यक्ष राजेन्द्र चौधरीले सोही प्रकारले बर्दिया जिल्ला विपद व्यवस्थापन समितिलाई पनि ३० वटा पीपीई र ३ वटा थर्मल गन हस्तान्तरण गरिएको बताए ।
उनले यो बाहेक बाँकेका २० र बर्दियाका २० वटा क्वारेन्टाइनलाई पनि हरेक क्वारेन्टाइनमा ५ वटा सेट पीपीई, अस्थाई शौचालय, हात धुने स्टेशन, हाइनिज किट र डिग्नीटी किट, सरसफाइको सामाग्री तथा बाल्टी र जग उपलब्ध गराईने योजना सुनाए ।

क्वारेन्टाइनलाई व्यवस्थित गर्दै सुविधा सम्पन्न बनाउन सो सामाग्री प्रदान गर्न लागिएको क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताए ।

कतार च्यारेटीले नेपालको विपद व्यवस्थापनमा सहयोग गर्दै आएको जनाउँदै कोभिड १९ विरुद्धको अभियानमा पनि निरन्तर सहयोग गरिरहको कतार च्यारेटीका प्रोजेक्ट म्यानेजर ईरशाद अली शेखले बताए ।

उनले सर्लाही र रौतहट तथा पश्चिमका बाँके र बर्दिया जिल्लामा कतार च्यारेटीले स्वास्थ्य सामाग्री लगायत अन्य सहयोग प्रदान गरेको जानकारी दिए ।

कतार च्यारेटीबाट प्राप्त भएको १ करोड ६ लाख ६९ हजार ४४५ रुपियाँ बराबरको सो स्वास्थ्य सामाग्री बाँके र बर्दिया दुबै जिल्लाका जिल्ला विपद व्यवस्थापन समिति र ४० वटा क्वारेन्टाइनलाई हस्तान्तरण गर्न शुरु गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

Next Post

अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै नेपालगञ्जमा प्रदर्शन

१८ असार २०७७, बिहीबार १२:३६
सादरलाइनडटकम, नेपालगञ्ज : नेपालञ्जस्थित वेष्टर्न अस्पतालको लापरवाहीका कारण महिलाको ज्यान गएको आफन्तहरुले आरोप लगाएका छन् । बर्दिया राजापुर नगरपालिका १० की ४३ बर्षिया नारायणी बुढाथोकीको चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरुले बिहीवार नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन् । पाठेघरमा ट्युमर भएपछि बुढाथोकी असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो । […]