जननेता मदन जयन्तीको अवसरमा बाँकेको खजुरा–४ मा बृक्षारोपण

१७ असार २०७७, बुधबार १२:५०
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडान ४ को मनकामना आधारभूत विद्यालयको परिषरमा मदन जयन्तीको अवसरमा बृक्षरोपण गरिएको छ ।

तत्कालिन एमालेका महासचिव समेत रहेका जननेता मदन भन्डारीको जन्मजयन्ती अवसर पारेर विभिन्न जातका १५० बिरुवा लगाइएको नेकपा जिल्ला कमिटी बाँकेका सदस्य एबम खजुरा गाउँपालिका वडन ४ का इन्चार्ज सतिश निरौलाले जानकारी दिए ।


नेकपा वडान ४ को वडा कमिटीको आयोजनामा गरिएको सो बृक्षारोपण कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य राजकुमार बिक, जिल्ला कमिटी सदस्य भिम ओली, खजुरा गाउँपालिका वडान ४ का वडा अध्यक्ष तिलकबिर सुनार, खजुरा सहकारीका अध्यक्ष निर्मल खनाल, मनकामना आधारभुत विद्यालयका अध्यक्ष देवराम बिसि, प्रअ तिर्थ बिक स्थानीय अगुवा शेरबहादुर बिसि, झगबहादुर पौडेल, अर्जुन थापालगायत नेता कार्यकर्ता तथा स्थानीयहरुको उपस्तिथी रहेको सो कार्यक्रमको अध्यक्षता वडा कमिटीका अध्यक्ष खडक ओलीले गरेका थिए ।

Next Post

तुलसी रोेपेर हरिशयनी एकादशी मनाईंदै

१७ असार २०७७, बुधबार १२:५०
सदरलाइनडटकम, नेपालगञ्ज : आज हरिशयनी एकादशी, नेपालीले घरघरमा तुलसीको बिरुवा रोपेर मनाउँदैछन् । आषाढ शुक्ल एकादशीका दिन पर्ने हरिशयनी एकादशीलाई तुलसीरोपण एकादशी पनि भन्ने गरिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू […]