सदरलाइनडटकम,
नेपालगञ्ज : राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा सोमवार बाँकेको नेपालगञ्जमा विरोध प्रर्दशन गरिएको छ ।
कोरोना संक्रमणको संत्रासका बीचमा नेपालगञ्जमा कोरोनाको पिसिआर टेष्टको दायरा बढाउन माग गर्दै बिरोध प्रदर्शन गरिएको हो ।
नेपालगन्जका चारवाहीनी रोडबाट निस्केको विरोध प्रर्दशन नेपालगञ्जको भेरी अस्पतालरोड, सदरलाइन हुदै त्रिभुवन चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा, केन्द्रीय सदस्य पवित्रा सुव्वा, राप्रपा बाँके अध्यक्ष नरेनद्र पौडेल, नेतृ मिना श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँके शाखाका अध्यक्ष इन्दिरा शाही लगायतले सम्बोधन गरेका थिए ।
विरोध ¥यालीमा महिलामैत्री क्वारेन्टिनको ब्यबस्था, भ्रष्टाचारको अन्त्य, भ्रस्टाचारिलाई कार्बाही, पिसिआर टेस्टको दायरा वृद्धि, क्वारेन्टिनमा भएको बलात्कारीलाई कार्बाही, पीडितलाई क्षतिपुर्तीे, संघीयता खारेज, संबैधानिक राजसंस्था कायम लगायतको माग गर्दै नाराबाजी गरेका थिए ।
राष्ट्रिय प्रजातान्त्रिक पार्टी महिला संगठन बाँके शाखाका सचिव तारा ओलीले कार्यक्रमको संचालन गरेकी थिईन ।