बागेश्वरी टेलिभिजनद्वारा क्वारेन्टाईनमा रहेकालाई स्वास्थ्य सामाग्री प्रदान

२७ जेष्ठ २०७७, मंगलवार २३:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बागेश्वरी टेलिभिजनले बाँकेका विभिन्न क्वारेन्टाईनमा स्वास्थ्य सामाग्री बितरण गर्न सुरु गरेको छ । यस क्रममा मंगलबार खजुरा गाउँपालिकामा स्वास्थ्य सामाग्रि वितरण गरेको जनाएको छ ।

टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाहले जिल्लाका अधिकाशं क्वारेन्टाईनमा मास्क र स्यानटाईजर पुर्याउन सके मात्रै पनि कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमण नियन्त्रणमा सहयोग हुन सक्ने देखेकाले यो प्रयास सुरु गरेको बताए ।

बागेश्वरी टेलिभिजनले आफ्नो सामाजिक उत्तरदायित्व समेत बहन गर्न खोजेको बताउदै अध्यक्ष शाहले रहेका जिल्ला भरीका क्वारेन्टाईनमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने समेत जानकारी दिए ।


टेलिभजनका प्रबन्ध निर्देशक बसन्त शर्माले जिल्लाका सबै क्वानरेन्टाईनमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रयासमा रहेको बताए । जिल्ला भरी समाचार संकलनमा हिंडेपछी क्वारेन्टाईनहरुमा स्वास्थ्य सामाग्रीको अभाव देखेपछी स्वास्थ्य सामाग्री वितरण गर्ने सोंच बनाएको समाचार प्रमुख नरेन्द्र थापाले बताए ।

बागेश्वरी टेलिभिजनका अध्यक्ष शाह, प्रबन्ध निर्देशक शर्मा, समाचार प्रमुख थापा, ब्यवस्थापक चेतकान्त भट्टराई, कार्यक्रम प्रस्तोता प्रिया स्मृति ढकाल, विनोद गौतम सहितको टोलीले स्वास्थ्य सामाग्री वितरणमा रहेका छन् ।

Next Post

नेपालगञ्जमा निर्माण गरिने आईसोलेशनका लागि मेडिकल मेट्रेक्स सहयोग

२७ जेष्ठ २०७७, मंगलवार २३:०३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा कोबिड–१९ नोबल कोरोनाका संक्रमितको संख्या बृद्धि हुँदै गएपछि मनकारी सहयोगी हातहरुले कोरोना संक्रमितलाई राख्नको लागि आईशोलेशन सेन्टरमा आवश्यक मेडिकल मेट्रेक्स सहयोग गरेका छन् । नेपालगञ्जका समाजसेवी तथा व्यावसायी सेम शाक्यको पहलमा नेपालगञ्ज उपमहानगरले निर्माण गर्न लागेको आईसोलेशन सेन्टरको लागि २५ थान मेट्रेक्स उपलब्ध गराएका हुन । […]