सदरलाइनडटकम,
नेपालगञ्ज : दिनबारअनुसार ब्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको बाँके प्रशासनले लकडाउनमा भने कडाई गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी भएर आएदेखि नै आक्रामकरुपमा प्रस्तुत भएका रामबहादुर कुरुम्बाङले अनावश्यक कामका लागि हिँडडुलमा कडाई गरेका छन् ।
प्रशासनको निर्देशनमा नेपालगञ्जका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मीले सोधपुछ गरेर मात्र सर्वसाधारणलाई हिँडडुल गर्न दिएका छन् । अनवश्यक काममा बजार जानेहरुलाई रोकेर सुरक्षाकर्मीले सवारी साधनको साँचोसमते लिएर दिनभर राख्ने गरेका छन् ।
सुरक्षाकर्मीले मोटरसाइकल, रिक्सा, अटोरिक्सा, साइकल सञ्चालनमा कडाई गरेका छन् । अनावश्यक कामका लागि बजार जाने क्रम बढेपछि सवारी साधनको चावी नियन्त्रणमा लिएर दिनभर राख्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
Next Post
‘निसर्ग’का कारण देशभर बदलीसँगै वर्षाको सम्भावना
२२ जेष्ठ २०७७, बिहीबार १४:२४
सम्बन्धित
-
२९ आश्विन २०७७, बिहीबार १७:१५
देशभर थपिए ३७ सय बढी कोरोना संक्रमित
-
१९ बैशाख २०७९, सोमबार १७:४८
निर्वाचन आचार संहिता पालना गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता
-
४ श्रावण २०७७, आईतवार १६:४७
भेरीको परीक्षणमा १० जनामा कोरोना पुष्टि
-
२० माघ २०७३, बिहीबार १३:३५
२ सय ५० नयाँ कुष्ठरोगी बाँके र बर्दियामा थपिए
-
२६ असार २०७५, मंगलवार १६:२१
सुवेदीद्वारा लिखित ‘जीवनयात्रा’ लोकार्पण
-
२१ असार २०७८, सोमबार १३:५९
बाँकेमा सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हट्यो