लकडाउन खुकुलो पार्दै बार अनुसार पसल खोल्न पाउने प्रशासनको निर्णय

२१ जेष्ठ २०७७, बुधबार २१:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन बाँकेमा बिस्तारै खुकुलो हुने भएको छ ।

ब्यवसायीहरुको मागलाई मध्यनजर गर्दै लामो समय जारी रहेको लकडाउन अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खोल्न दिईने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वदलीय बैठकले दिन तोकेर विभिन्न पसल, व्यवसाय खोल्न दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सो बैठकको निर्णय सार्वजनिक गर्दै जारी सूचना अनुसार आईतबार र बुधबार मोबाईल इलेक्ट्रोनिक, स्टेशनरीर पुस्तक पसल, फोटो स्टुडियो, छापाखाना, फर्निचर र भाँडा पसल खोल्न पाउने निर्णय भएको छ ।


त्यस्तै सोमबार र बिहिवार कपडा, फेन्सी, जुत्ता पसल, कास्मेटिक, चस्मा र गरगहना पसल खोल्न पाउने, मंगलबार र शुक्रबार अटो मोबाईल, कोल्ड स्टोर, जुस, मोटरसाईकल, साईकल र अन्य पसल खोल्न दिईने बताईएको छ ।

बैंकहरु सार्वजनिक बिदाको दिन बाहेक सबै दिन खोल्ने, अत्यावश्यक काम बाहेक ईरिक्सा, अटो र मोटरसाईकलको प्रयोगलाई नियन्त्रण गर्ने, सामाजिक दुरी कायम गर्दै, मास्क र सेनिटाईजरको प्रयोग अनिबार्य गर्ने लगायतका रहेका छन ।

औषधी पसल, दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री, मलखाद र बिउ बीजन दैनिक रूपमा खुल्ने बताइएको छ । यस्तो छ बाँके प्रशासनद्वारा जारी सूचना ।

Next Post

उद्योगी, व्यवसायीद्वारा नेपालगञ्जमा प्रदर्शन

२१ जेष्ठ २०७७, बुधबार २१:५९
सदरलाइनडटकम, नेपालगञ्ज : कर तिर्ने समय थप गर्न माग गर्दै उद्योगी, व्यवसायीले नेपालगञ्जमा प्रदर्शन गरेका छन् । सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै उनीहरुले विहीवार नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । […]

सम्बन्धित