दुर्घटनामा ज्यान गुमाएकाको कोरोना जाँच गरिँदै

१९ जेष्ठ २०७७, सोमबार ११:१०
 

सदरलाइनडटकम,

कोहलपुर :
बाँकेको राप्तीसोनारी गाउँपालिका २ ठुरिया जंगलमा हाइस दुर्घटनामा मृत्यु भएकालाई कोरोना भए नभएको पुष्टि गर्न स्वाब लिइएको छ ।

भारतबाट नेपालगन्जको जमुनाह नाकाबाट भित्रीयका ३३ जनालाई लिएर सल्यान हिडेको हाइस गएराती ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो । २१ जना घाइते भएका छ्न ।


घाइते सबैको भेरी अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । शब पनि अस्पतालमै छ्न । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भारतबाट आएका कारण उनिहरुको कोरोना पुष्टि गर्न लागिएको बताए।

मृतक सबैको स्वाब संकलन भैरहेको जानकारी दिदै श्रेष्ठले भन्नुभयो, आबश्यक परे घाइतेको पनि स्वाब लिइने छ ।अहिले सम्म शबको सनाखत हुन भने सकेको छैन ।

Next Post

दुर्घटनामा ज्यान गुमाएका ११ जनाको नाम खुल्यो

१९ जेष्ठ २०७७, सोमबार ११:१०
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको ठुरिया जंगलमा आइतवार राती भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ । नाम खुलेपनि ठेगान पहिचान नभएको प्रहरीले जनाएको छ । हरीका अनुसार मृतकहरु बुद्धिराम बिक, भीमबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, पुर्णबहादुर पुन, सीता पुन, हिमान्सु […]