रुकुम काण्डविरुद्ध कोहलपुरमा प्रदर्शन

१८ जेष्ठ २०७७, आईतवार १९:०३
 

सदरलाइनडटकम,
कोहलपुर : रुकुममा भएको घटनाविरुद्ध संयुक्त दलित संघर्ष समिति बाँकेले कोहलपुरमा विरोध सभा गरेको छ । घटनामा ज्यान गुमाएका जाजरकोटका नवराज विक, गणेश बुढा मगर, लोकेन्द्र सुनार, टिकाराम सुनार, गोविन्द शाही र सन्तोष बिकलाई साँस्कृतिक शहिद घोषणा गर्न माग गर्दै विरोध सभा गरिएको हो ।
कोहलपुर चौकबाट शुरु भएको र्यालीमा घटनामा संलग्नमाथि काड कारबाहीको माग गरिएको थियो । सभामा दलित आन्दोलनका राष्ट्रिय नेता एवं पूर्वराज्यमन्त्री दलबहादुर सुनारले कोरोना भाईरस भन्दा छुवाछुतको भाईरस डरलाग्दो भएको बताएका छन् । नेता सुनारले घटना भएको यति दिन बितिसक्दासमेत न्याय नपाएको भन्दै गुनासो गरे ।



कार्यक्रममा नेपाल दलित मुक्ति संगठन ५ नम्बर प्रदेशका सह इञ्चार्ज पुजन विश्वकर्माले जाजरकोट घटनाले मानवतानै कलकिंत भएको जिकिर गरे । सरकारले दलित समुदायका मागहरु वेवास्ता गरे सरकारको समृद्धिको सपना चकनाचुर हुने कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

Next Post

सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

१८ जेष्ठ २०७७, आईतवार १९:०३
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जबाट सल्यान जाँदै गरेको हाइसबस पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परि दुर्घटनामा २१ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले दिएको जानकारी अनुसार नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ […]