नदिमा हाम फालेकी महिलाको उद्धार

१४ बैशाख २०७७, आईतवार ०९:४७
 

सदरलाइनडटकम,
कञ्चनपुर : दार्चुलास्थित महाकाली नदीमा हाम फालेकी एक महिलाको आइतवार विहान उद्धार गरिएको छ । व्याँस गाउँपालिका १ की ३० वर्षीया सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो ।
नदिमा बग्दै आएकी उनलाई महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रबाट उद्धार गरि जिल्ला अस्पताल पुर्याइएको सशस्त्र प्रहरी वल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिए ।
उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको तथा अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ । उनलाई छिट्टै अन्यत्रै रेफर गर्नुपर्ने देखिएको जिल्ला अस्पताल दार्चुलाका डा. गजेन्द्र दुवालले बताए । उनले आइतवार विहान साढे ६ बजे महाकाली नगरपालिकाको वडा नम्बर ४ दुमपानीबाट हाम फालेको सशस्त्र प्रहरीले जनाएको छ ।
ऐतवाल हाल महाकाली नगरपालिका वडा नम्बर ४ तिंकरखेडामा बस्दै आएकी छन् । महाकालीमा हाम फालेकी ऐतवालको सामाजिक संजालमा केही व्यक्तिले मृत्यु भएको अपवाह फैलाएपनि खबर झुटो भएको प्रहरीले जनाएको छ ।

Next Post

सातु खाएर आज अक्षय तृतीया मनाईंदै

१४ बैशाख २०७७, आईतवार ०९:४७
सदरलाइनडटकम, नेपालगञ्ज : प्रत्येक वर्ष वैशाखशुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आइतवार सातु र सर्वत दान गर्नुका साथै खाएर मनाइँदैछ । शास्त्रीय विधानअनुसार आइतवार सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली […]

सम्बन्धित