औद्योगिक ग्रामको जग्गा नापी गरिने

२ चैत्र २०७६, आईतवार १६:५९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका वडा नं. ६ मा बन्ने भनिएको औद्योगिक ग्रामका लागि जग्गा छुट्याइने भएको छ । पहिलो चरणमा जग्गा नापजाँच गरी २१ विगाहा जमिन छुट्याउन लागिएको हो ।
सो सरकारी जग्गामा केही मानिसहरु बसोबास गरेको र केहीले जोतभोग गरिरहेकाले उनीहरुको व्यवस्थापन गर्दै जग्गा नापजाँच गरिने भएको हो । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा उपभोग गरिरहेको पक्ष, राजनीतिक दलका प्रतिनिधिसहित आइतवार बसेको बैठकले खजुरा गाउँपालिका वडा नं. ६ स्थित औद्योगिक ग्रामका लागि स्वीकृत भएको जग्गा पहिचानका लागि प्राविधिक खटाई नापजाँच गर्न सो कार्यमा सरोकारवाला र स्थानीयबासीले सहयोग गर्ने, जग्गा पहिचान भई आएपछि औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले नापी गरेपछि २१ विगाहामा तारबार गरिने बताउँदै भोग गरेकाहरुको आवश्यकताका आधारमा व्यवस्थापन गरिने बताए । खजुरामा औद्योगिक ग्राम निर्माणका लागि सरकारले टोकन मनीको रुपमा ९२ लाख रुपैयाँ हस्तान्तरण समेत गरेको छ । खजुरा क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरु सरकारको सहयोग गर्दै औद्योगिक ग्रामको काम अगाडि बढाउन लागिपरेका छन् ।

Next Post

अपांगता भएका थापालाई मदरल्याण्ड विद्यार्थीको सहयोग

२ चैत्र २०७६, आईतवार १६:५९
सदरलाइनडटकम, पोखरा (कास्की) : पोखरा ७ मासबारमा रहेको मदरल्याण्ड माविका विद्यार्थीहरुले केही दिन पहिले एउटा डकुमेन्ट्री हेरे । सबै विद्यार्थीले पालै पालै डकुमेन्ट्री हेरे पछि उनीहरुलाई डकुमेन्ट्रीका नायक अपांगता भएका युवक कृष्ण थापालाई सहयोग गर्ने भावना जाग्यो । संचारकर्मी सन्जोग बस्यालले निर्देशन तथा निर्माण गरेको डकुमेन्ट्री “कृष्ण” अ स्टोरी अफ […]