बालविवाह बिरुद्धको अभियन्ता किशोरीका लागि दुईदिने सञ्चार सीप तालिम

१ चैत्र २०७६, शनिबार १८:३२
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) :  बाँकेको कोहलपुरमा बालविवाह बिरुद्धको अभियानमा लागेका किशोरीका लागि दुई दिने सञ्चार सीप तालिम सम्पन्न भएको छ ।

प्लान ईनटरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ञ्को सहयोग स्याक नेपालको आयोजना तथा सचेतन किशोरी क्लवको समन्वयमा सुरु भएको सो तालिम कोहलपुर नगरपालिका विभिन्न वडामा गठन भएका किशोरी क्लवहरुबाट २७ जना किशोरी सहभागि रहेका छन् ।

वालविवाह रोकथाम परियोजना अन्तरगत बिभिन्न किशोरी क्लवमा आवद्ध भएका किशोरी क्लवका पदाधिकारी सहभागि रहेको तालिमलाई पत्रकारद्वय रुद्र सुवेदी र शंकर खनालले सहजिकरण गरिहेको परियोजनाको फिल्ड सुपरभाइजर लसिना ओलीले जानकारी दिईन ।


बालविवाह बिरुद्ध सक्रिय किशोरीलाई यस्ता तालिमले समाजमा बढ्दो बाल विवाह न्यूनिकरणमा मद्दत पुराउने विश्वासका साथ तालिमको आयोजना गरिएको उनले बताईन ।

तलिममा कोहलपुर नगरपालिकाका सबै वडाका किशोरीहरुको सहभागिता रहेको छ ।

Next Post

स्वास्थ्यकर्मीलाई विदामा नबस्न नेपालगञ्ज उप–महानगरको निर्देशन

१ चैत्र २०७६, शनिबार १८:३२
सदरलाइनडटकम, नेपालगञ्ज : विश्वव्यापी फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण बाँकेमा भित्रिन नदिन उच्च सावधानी अपनाउदै स्थलमार्ग र हवाईमार्गमा थप सर्तकता अपनाईने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले सीमाक्षेत्र जमुनाह र नेपालगञ्ज विमानस्थलमा हेल्थ डेस्क राखेर जाँच गरि रहेकोमा थप नाकाहरुमा पनि हेल्थडेस्क राखेर जाँच गरिने जनाउदै उपमहानगरमा कार्यरत स्वास्थ्यकर्मीलाई बिदामा नबस्न […]