जमुनाहा नाका बन्द गर्ने कुरा ‘हल्लामात्र’

१ चैत्र २०७६, शनिबार १२:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विश्वव्यापी फैलिएको नोबेल कोरोना भाईरसको त्रासका कारण नेपाल–भारत सीमा क्षेत्रको रुपैडिहा नाका बन्द हुने हल्लामात्र भएको स्थानीय प्रशासनले बताएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमा वारपार गर्नेहरु कोरोना भाईरसको संक्रमण हुन नदिन उच्च सर्तकता अपनाईएको जानकारी दिदै जमुनाह नाका बन्द गर्ने हल्ला मात्र भएको बताए ।

उनले भने–‘जमुनाह नाका बन्द गर्ने हल्ला मात्र हो । हल्लाको पछाडि नलाग्न सबै सर्वसाधारणमा अनुरोध छ । हामीले सीमा क्षेत्रबाट ओहोरदोहोर गर्नेलाई सीमा क्षेत्रमै चेकजँच गरी सर्तकता अपनाउने गरेका छौ ।’ काला बजारी गर्नेले रुपैडिहा र जमुनाह नाका बन्द गर्ने हल्ला चलाएको प्रशासनको आशंका रहेको छ ।


उनले भारतको लखनउमा कोरोनाको सक्रमित फेला परेको समाचार बाहिरिए लगत्तै विभिन्न खाले अड्कलबाजी भएको तर नाका बन्द गर्ने कुनै पनि जानकारी आफुलाई नआएको स्पष्ट पार्दै भने–‘ विभिन्न माध्यामबाट कोरोनाको कारण जमुनाह नाका बन्द गरिदै छ भन्ने जिज्ञासा आएकोले आफुले शनिबार बिहानमात्र जमुनाह नाकामा पुगेर हेल्थडेस्कको अवस्था निरिक्षण गरेर आएको बताए ।’

उनले अहिले महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण हुनसक्ने असहजता तथा सीमा क्षेत्रको समस्याहरुको बारेमा पहिचान गर्नको लागि आइतबार काउन्टरपार्ट बैठकको आयोजना बर्दियाको ठाकुरद्वारामा आयोजना गर्न लागिएको बताए ।

सो बैठकमा नेपालका बाँके, बर्दिया र दाङ्गका प्रमुख जिल्ला अधिकारी तथा भारतका बहराईच, श्रावस्तीलगायतका जिल्लाका अधिकारीहरु, दुबै जिल्लाका सुरक्षा निकायको सहभागिता रहने छन् । फाइल तस्बीर 

Next Post

सडक दुर्घटनामा एकको मृत्यु, चार घाइते

१ चैत्र २०७६, शनिबार १२:५६
सदरलाइनडटकम, कैलाली : बस र अटो ठोक्किँदा कैलालीमा एकजनाको मृत्यु भएको छ । बस र अटो ठोक्किँदा गोदावरी नगरपालिका–६ का ५३ वर्षीय तुले कोलीको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ चौकीडाँडामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ४५२८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको से १ ह २११४ […]

सम्बन्धित