भोलीदेखि आधारभुत तहको परीक्षा हुँदै

२८ फाल्गुन २०७६, बुधबार १८:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा बिहीवारदेखि शुरु हुने कक्षा ८ को आधारभुत तहको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षामा ७५ वटा विद्यालयका दुई हजार ७८० परीक्षार्थी सहभागी हुने उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए ।
बिश्वभर कोरोना (कोभिड–१९)को समस्या देखिएपछि नेपालगञ्जमा पूर्वनिर्धारित तालिका भन्दा एकसाता छिटो गरि परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षालाई शान्तिपूर्ण र मर्यादित ढंगबाट सञ्चालन गर्न सम्पूर्ण तयारी पुरा गरिएको उप–महानगरपालिकाले जनाएको छ ।
यसपटक नेपालगञ्जमा आधारभुत परीक्षा सञ्चालन हुने विद्यालयमा दुई मदरसा, २६ सामुदायिक विद्यालय र अन्य संस्थागत विद्यालय रहेका छन् ।

Next Post

नेपालगञ्जमा दिउँसै मोटरसाईकल चोरी

२८ फाल्गुन २०७६, बुधबार १८:२३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज चारवाहिनी चौकको व्यस्त सडकबाटै बुधवार दिउँसो मोटरसाईकल चोरी भएको छ । नेपालगञ्ज–१० निवासी अधिवक्ता रामचन्द्र घिमिरेको मोटरसाईकल आफनै ल फर्म अगाडी सडकबाटै चोरी भएको हो । कालो रंगको भे ५ प ४७५५ नं. को पल्सर मोटरसाईकल अपरान्ह ४ देखि ५ बजेको बीचमा चोरी भएको हो । […]

सम्बन्धित