दाङस्थित हार्डवेयर पसलमा चोरी

२८ फाल्गुन २०७६, बुधबार १६:४६
 

सदरलाइनडटकम,
दाङ : दाङको घोराहीमा मंगलवार राती एक हार्डवयर पसलमा चोरी भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १५ नवबिहानी टोलस्थित दंगाली हार्डवयरमा चोरी भएको हो ।
अशोककुमार चौधरी र जिवन श्रेष्ठले संयुक्तरुपमा सञ्चालन गर्दै आएको पसलको भित्ता फोडी चोरी गरेको पीडितले बताएका छन् । चोरले भित्ता फोडेर पसलमा रहेको ७० हजार नगद र एक थान ल्यापटप लगेको पीडित चौधरीेले जानकारी दिए । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

भोलीदेखि आधारभुत तहको परीक्षा हुँदै

२८ फाल्गुन २०७६, बुधबार १६:४६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा बिहीवारदेखि शुरु हुने कक्षा ८ को आधारभुत तहको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षामा ७५ वटा विद्यालयका दुई हजार ७८० परीक्षार्थी सहभागी हुने उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए । बिश्वभर कोरोना (कोभिड–१९)को समस्या देखिएपछि नेपालगञ्जमा पूर्वनिर्धारित तालिका भन्दा एकसाता […]