कोरोनाबाट जोगिने सचेतनामुलक अभियानमा जुट्न लायन्सकर्मीलाई पूर्व डिस्टिक गभर्नरद्वयको अपिल (भिडियो सहित )

२६ फाल्गुन २०७६, सोमबार १६:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : समाजसेवामा अग्रणी संस्था लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व गभर्नरहरुले सम्पूण लायन्सकर्मीहरुलाई विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भईरसको संक्रमणबाट जोगिनको लागि आ–आफ्नो स्थानबाट सचेतनामुलक अभियान थाल्न आग्रह गरेका छन् ।

क्लवका संस्थापक डिस्टिक गभर्नर शेम शाक्यले फागुपूर्णिमा तथा होलीको शुभकामना दिदै डिस्टिकमा आवद्ध सबै लयान्सकर्मीलाई कोरोना तथा अन्य रोगबाट बच्न आफु र आफ्नो छरछिमेकमा विभिन्न खाले स्वास्थ्य सचेतना फैलाउने कार्यमा जुट्न आग्रह गरेका छन् ।


यसैगरी पूर्व गभर्नर मधुसुदन शर्माले कोरोना भाइरसको सक्रमण फैलिन नदिन सबै लायन्सले आफ्नो सामाजिक कर्तव्य ठानेर सचेतना फैलाउदै भिडभाड र तडकभडक रहित अवस्थामा होली मनाउन अपिल गरेका छन् ।

Next Post

यसरी मनाईयो नेपालगञ्जमा होली (भिडियो र फोटो कथासहित)

२६ फाल्गुन २०७६, सोमबार १६:५४
सदरलाइनडटकम, नेपालगञ्ज : बिश्वव्यापी फैलिएको नोबेल कोरोना भाईरसको त्रासको बीचमा नेपालगञ्जमा रंग र उमंग र सद्भावको पर्वको रुपमा रहेको होली विगतका तुलनामा थोरैले मात्र मनाएका छन् । विगतका वर्षहरुमा बाँकेमा विभिन्न गतिविधका साथ संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी होली पर्व मनाउने चलन रहेपनि यसवर्ष भने त्यसो हुन पाएन । […]

सम्बन्धित