प्रदेश ५ को नाम ‘मगरात प्रदेश’ नामाकरण गर्न माग

२५ फाल्गुन २०७६, आईतवार १४:५५
 

सदरलाइनडटकम,
दाङ्ग : नेपाल मगर संघले प्रदेश नम्बर ५ को नाम ‘मगरात प्रदेश’ राख्न माग गरेको छ । आइतबार दाङ्गको घोराहीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यस्तो माग गरेको हो ।

नेपाल मगर संघ दाङ्गका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रीय सदस्य दर्जित रोका मगरले मगरात ऐतिहासिक मानव पहिचान र इतिहास भएको भन्दै प्रदेश पाँचको नाम मगरात प्रदेश राख्नु पर्ने माग गरे ।

‘मगरात कुनै अमुक शक्तिले भनेको जस्तो जातिय राज्य होइन’ उनले भने, ‘मगरात पहिचान भित्र बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधता युक्त साझा राज्य हुन्छ ।’ केन्द्रीय सदस्य रोका मगरले विद्यमान संविधानले नै स्विकार गरेको एतिहासिक बुह राष्ट्रिय पहिचानमा आधारित संघीयताको मर्म अनुसार प्रदेशको नामाकरण हुनु पर्ने आफुहरुको माग रहेको बताए ।

प्रदेशको नाम मगरात राख्न अनुरोध गर्दै प्रदेश सरकारालाई नेपाल मगर संघ, आदिवासी जनजाति महासंघ, संयुक्त मगर मञ्च लगायत सामाजिक संघ संस्थाले पटक पटक ज्ञापन पत्र, सुझव पत्रबाट पेश गरेको छ । साथै मगरात प्रदेश नामाकरणको पक्षमा संकलित ११ लाख हस्ताक्षर समेत प्रदेश सरकारलाई बुझाएको मगर संघ प्रदेश पाँचका सहल्लाकार रुपमणी बाँठा मगरले जानकारी दिए ।

उनले अब फेरी पनि प्रदेश सरकारलाई मगरात प्रदेश नामाकरणका लागि स्मण पत्र बुझाउने बताए । शनिबार पोष्टर टाँस्ने काम भएको र अब सोमबार प्रदेश सरकारलाई स्मरण पत्र बुझाउने तयारी भएको बाँठा मगरले जानकारी दिए ।


उनले आफुहरुको मागलाई सरकारले बेवास्ता गरे राज्यले ठूलो मूल्य चुकाउनु पर्ने चेतावानी दिदै बहु राष्ट्रियता तथा बहु जातिय पहिचानलाई राज्यले बेवास्ता गर्दा नेपाल र नेपाली जनता गरिबीको रेखा मुनि धकेलिएको महसुस गरेरै नेपाली जनताले पटक पटक संघीय लोकतान्त्रिक संस्थागत गरेको बताए ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा थारु कल्यानकारी सभा दाङका अध्यक्ष भूवन चौधरीले राज्य संचालकहरुले बहुसंख्यक पीछडिएका जनसंख्याको माग सुन्न नसकेको बताए । उनले राज्य संचालकहरुले विभिन्न बाहानामा यस्ता जनसंख्यालाई पछाडी पार्ने खेल गरेको जिकीर गरे । आफुहरुले नामाकरण भन्दा पनि सिमांकनका विषयमा आन्दोलन गर्ने बताउदै थारुहरुको बाहुल्य रहेको कैलाली, कञ्चनपुरलाई एउटै नक्सा भित्र पार्नु पर्ने कुरामा जोड दिए ।

यस्तै सिस्नो पानी नेपाल दाङका अध्यक्ष डाक्टर लोकराज पराजुलीले विभिन्न सन्दर्भ जोड्दै मगरात प्रदेशको पक्षमा आफुहरु पनि रहेको बताए । प्रदेश पाँचको पाल्पादेखि रोल्पा रुकुमसम्म मगरहरुको बाहुल्यता रहेको भन्दै उनले यसमा आफुहरुले समर्थन गर्ने जनाए ।

यसैबीच प्रदेश ५ सरकार बनेको दुई वर्ष पूरा भए पनि आफ्नो स्थायी राजधानी तोक्न सकेको छैन भने नामाकरण पनि गर्न सकेको छैन । पदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सहमतिका आधारमा स्थायी राजधानी र नाम राख्ने बताउदै आएका छन । तर अझै सहमति हुन सकेको छैन ।

Next Post

साढे चार करोड ठगी गर्ने नेपालगञ्जमा पक्राउ

२५ फाल्गुन २०७६, आईतवार १४:५५
सदरलाइनडटकम, नेपालगञ्ज : विदेश पठाउने बहानामा साढे चार करोड ठगी गर्ने एक जना नेपालगञ्जमा पक्राउ परेका छन् । कुवेत र माल्टा पठाइदिन्छु भनेर साढे ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई पक्राउ गरेको हो । ३६ जनालाई कुवेत र २४ जनालाई माल्टा पठाइदिन्छु भनेर उनले ४ करोड […]

सम्बन्धित