मेघ गर्जनसहित हावाहुरी र असिनाको सम्भावना

२२ फाल्गुन २०७६, बिहीबार १४:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मुलुकका पहाडी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव स्वरुप आंशिक बदलीसहित हावाहुरी र असिनाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने जनाएको हो । महाशाखाले देशका पश्चिमी भूभागकालगायत मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Next Post

कोरोनाका कारण क्यालिफोर्नियामा संकटकाल घोषणा

२२ फाल्गुन २०७६, बिहीबार १४:३७
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकामा कोरोना भाइरसबाट १६ स्टेटमा एक सय ५० संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ । अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का साथै स्थानीय सरकारले यसको पुष्टि गरेको हो । यता, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले कोरोनाभाइरसको बढ्दो स्थितीका कारण आफ्नो राज्यमा संकटकालको […]