नक्शापास अनिबार्यको नीति कडाईका साथ लागू गर्दै उपमहानगर

१९ फाल्गुन २०७६, सोमबार ०९:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  भुकम्प प्रतिरोधात्मक भवन निर्माणको लागि प्रोत्साहन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र संरचना निर्माण गर्दा अनिवार्य नक्शापास गर्नुपर्ने प्रावधान कडाईका साथ लागू गर्ने भएको छ ।

पुरानो शहरको रुपमा परिचित नेपालगन्ज अव्यवस्थित र असुरक्षित भएको गुनासो आई रहेको बेलामा भवन संहित अनुसार भुकम्प प्रतिरोधात्मक सुरक्षा सहितको भवन निर्माण गरी सुरक्षित शहर निर्माण गर्नको लागि अनिवार्य नक्शापास गर्नुपर्ने प्रावधान कडाईका साथ लागू गर्ने भएको हो ।

नेपालगञ्जमा २०७४ मा गरिएको घरधुरी सर्वेक्षणको अनुसार २८ हजार घरधुरी रहेको मध्ये २१ हजारको हारहारीले मात्र आफ्नो भवन संरचनाको नक्शा पास गरेको नेपालगञ्ज उपमहानगरपालिकाको नक्शा शाखाले जनाएको छ ।

शाखा प्रमुख ईञ्जिनियर सुरज शर्माले दिएको जानकारी अनुसार उपमहानगरले भवन संहिता निर्माण गरी कार्यान्वयनको पाटोमा दृढ भएको बताउदै नगर क्षेत्रमा सचेतनासंगै भवन संरचना बनाउने कार्यमा संलग्न डकर्मीलाई भुकम्प प्रतिरोधात्मक संरचना निर्माण सम्बन्धित तालिम दिनुको साथै विभिन्न खाले गतिविधि सञ्चालनमा ल्याएको बताए ।


उनले नक्शा पासको लागि निर्माण संहिताको कन्सलटेन्ट, ईञ्जिनियर तथा अन्य सेवाग्राहीलाई जानकारी दिनुको साथै नक्शा पास गर्दा र नगर्दाका फाईदा बेफाईदाको बारेमा जानकारी गराउने गरिएको बताए ।

शाखा प्रमुख ईञ्जिनियर शर्मालेगत पुस मसान्तसम्म नेपालगञ्ज उपमहानगरपालिकामा नक्शा पासको लागि ५ सय ३६ दरखास्त आएको बताए । यी मध्ये १ सय ३१ स्वीकृत भएको, १ सय ७४ सुपर स्टक्चर निर्माण गरिएको र ४ सय १६ ले निर्माण सम्पन्न गरेको बताए ।

उनले नक्शा पास नगरी आफ्नो भवन संरचना निर्माण गर्नेलाई कडाईका साथ कारवाहीको प्रकृया अघि बढाएको जानकारी दिदै दोब्बर जरिवाना गर्नेदेखि निर्माण कार्य नै रोक्का गर्न लगाउनेसम्मका कार्यहरु गरिदै आएको बताए ।

Next Post

बीटीएसको छात्रावासमा आगलागी

१९ फाल्गुन २०७६, सोमबार ०९:०८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयको छात्रावासमा आगलागी भएको छ । नेपालगञ्ज १० स्थित शिक्षालयको गल्र्स छात्रावासको स्टोररुममा आइतवार राती आगलागी भएको हो । आगलागीबाट ५० हजार बढीको क्षति भएको वडा प्रहरी कार्यालयका इञ्चार्ज हरि वस्नेतले जानकारी दिए । दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो तुरुन्तै निभाईएका कारण थप […]

सम्बन्धित