बुटवलका घरमा आधुनिक प्रविधिको नम्बर टाँसिदै

४ फाल्गुन २०७६, आईतवार १४:३५
 

सदरलाइनडटकम,
बुटवल : बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घरको गणना शुरुवात गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक भएका घरमा नम्बर टाँस्न थालिएको छ ।
बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरको नम्बर प्लेट टाँसेर शुभारम्भ गरे । बुटवल वडा नं. ८ राजमार्ग चौरहास्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए ००२’ २०५६ नम्बरको निलो टिनको नम्बर कार्ड टाँस्दै नम्बरिङको शुभारम्भ गरिएको छ ।
नगरको वस्तुगत विवरणसंगै प्रत्येक घरको डिजिटल प्रविधिबाट नम्बरिङले योजना तर्जमा, कार्यान्वयन र थप अध्ययनका लागि उपयोगी हुने नगर प्रमुख सुबेदीले बताए ।

Next Post

सरकार माफियाको घेराबन्दीमा : नेता शर्मा

४ फाल्गुन २०७६, आईतवार १४:३५
सदरलाइनडटकम, रुकुम पश्चिम : पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले बताएका छन् । कर्णाली प्रदेश प्रेस संगठन नेपालले रुकुम पश्चिम चौरजहारीमा आइतवार गरेको भेला तथा शपथग्रहमा सम्वोधन गदै शर्माले यस्तो बताएका हुन् । पार्टीका […]