सडकमै योगा गरी मनाइयो राष्ट्रिय योगा दिवस

२९ पुष २०७६, मंगलवार १७:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको सडकमै योगा गरी आज राष्ट्रिय योग दिवस आज मनाइएको छ । ५ औं राष्ट्रिय योग दिवसका अवसरमा मंगलवार बिहानै नेपालगञ्जमा र्याली तथा सडकमा योगाभ्यास गरिएको हो । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र तथा नेपालगञ्ज उपमहानगरपालिकाले संयुक्तरुपमा कार्यक्रम गरेका हुन् ।
अन्य व्यक्ति भन्दा दैनिक योग गर्ने मानिसहरुको शरीरमा उर्जा बढि हुने तथा योगले मानवको आयुलाई समेत बृद्धि गर्ने गरेको योग गुरुहरुको भनाई छ । नेपालगञ्जको बिपि चोकमा आयोजना गरिएको योगाभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले योगाभ्यास सबैले नियमितरुपमा गर्नुपर्ने बताएका थिए । उनीहरुले यसले शरीरका बिभिन्न अंङको व्यवस्थापनमा समेत सहयोग गर्ने भएकाले मानिसलाई फिट रहन योग अनिवार्य गर्नुपर्नेेमा जोड दिएका थिए । कार्यक्रममा योगगुरुद्वय गिरीराज शर्मा र हरपाल सिंहले योगाभ्यासबारे सहजीकरण गरेका थिए ।

Next Post

मन्त्रालयबाट खजुराले पायो ९२ लाख

२९ पुष २०७६, मंगलवार १७:४६
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा ९२ लाख प्राप्त गरेको छ । उद्योग मन्त्री लेखराज भट्ट, राज्य मन्त्री मोतीलाल दुगडलगायत मन्त्रालयका बरिष्ठ अधिकारीको उपस्थितीमा काठमाण्डौमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ । स्थानीय […]