मुख्यमन्त्रीलाई तर्साउन बम विस्फोट

१५ जेष्ठ २०७६, बुधबार १६:३६
 

सदरलाइनडटकम,
कालिकोट : कालिकोटको पलाँता गाउँपालिका–९ मा राष्ट्रपति रनिङ शिल्डको उद्घाटनमा पुगेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन विप्लव नेतृत्वको समूहका कार्यकर्ताले बम विष्फोट गराएका छन् ।
कालिकोटमा गणतन्त्र दिवस, राष्ट्रपति रनिङ, महावै गाउँपालिका तिला आधारभूत विद्यालयलाई नमुना विद्यालय घोषणा कार्यक्रमका लागि गृह जिल्लामा आएका थिए । विप्लवका कार्यक्रताले मुख्यमन्त्रीले कार्यक्रम उद्घाटन सकेर हेलिकोप्टरबाट उड्नै लाग्दा धेरै टाढा विस्फोटको आवाज आएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।
मुख्यमन्त्री कार्यक्रम सकेर हेलिकोप्टर चढेर उड्नै लाग्दा टाढा विस्फोटको आवाज आएको भन्दै उनले बताए । मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले विस्फोटका आवाज नसुनेको अहिले महावै रहेको जानकारी दिए ।

Next Post

करेन्ट लागेर दैलेखमा बालकको मृत्यु

१५ जेष्ठ २०७६, बुधबार १६:३६
सदरलाइनडटकम, दैलेख : करेन्ट लागेर दैलेखमा सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका ७ वर्षीय समीर रावत रहेका छन् । उनलाई बुधबार बिहान दश बजेतिर करेन्ट लागेको र उपचार गर्न जिल्ला अस्पताल दैलेखतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको […]

सम्बन्धित