धरानमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु

३० चैत्र २०७५, शनिबार १७:५४
 

सदरलाइनडटकम,
सुनसरी : सुनसरीको धरान ८ स्थित सेउती पुलनजिक भएको कार दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । चारकोशे जंगल स्थित कोशी राजमार्गको सो खण्डमा भएको दुर्घटना गम्भीर घाइते भएका कार चालक गोबिन्द बस्नेतको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या ४ पुगेको हो ।
यसअघि सो दुर्घटनामा ३ जनाको ज्यान गएको थियो । एक जनाको घटनास्थलमै र बाँकी २ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । शुक्रवार राति साढे ११ बजे धरानबाट इटहरी आउँदै गरेको बा २० च ४०७६ नम्बरको कारले सोही दिशातर्फ आउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
त्यसपछि इटहरीबाट धरान तर्फ जांदै गरेको को १ ख ४७६१ नम्बरको बसमा उक्त कार ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । दुर्घटना परी कारमा सवार इटहरी ५ का अनिल श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको थियो । जनक बुढाथोकी र मदन लिम्बूको वीपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक होमराज दाहालले जानकारी दिए ।
गम्भीर घाइते कार चालक गोविन्द बस्नेतलाई धरानमा उपचार हुन नसकेपछि बिराटनगरस्थित न्यूरो अस्पताल पुर्याइएको थियो । गम्भीर घाइते उनको उपचारको क्रममा शनिवार दिउँसो मृत्यु भएको हो ।

Next Post

अभिभावक शिक्षा तालिम सम्पन्न

३० चैत्र २०७५, शनिबार १७:५४
सदरलाइनडटकम, बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकामा सुपरिवेक्षकका लागि सञ्चालन भएको अभिभावक शिक्षासम्बन्धि तीन दिने तालिम शनिवार सकिएको छ । नगरपालिका क्षेत्रका अभिभावकहरुलाई बालबालिकाको बिकासमा सजग बनाउन सञ्चालन गरिएको तीन दिने अभिभावक शिक्षा तालिम एक समारोकाबीच सकिएको हो । तालिमको समापनमा बोल्दै स्वास्थ्य कार्यालय बर्दियाकी निमित्त प्रमुख पद्मा श्रेष्ठले अभिभावक शिक्षा […]

सम्बन्धित