छ वर्षअघि अपहरण गरी फिरौती लिएर बेपत्ता पार्ने साई प्रहरी नियन्त्रणमा

७ चैत्र २०७५, बिहीबार २१:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले अपहरण र शरिर बन्धकको मुद्दामा फरार रहेका एक व्यक्तिलाई ६ वर्षपछि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
२०६९ असार २६ गते बाँके नेपालगन्ज उप–महानगरपालिका ९ का २२ वर्षिय मुन्नु अन्सारीलाई अपरहण गरी भारतमा लगेर फिरौती समेत लिएर बेपत्ता बनाएको आरोपमा फरार रहेका बाँकेको जानकी गाउपालिका–३ ईन्दरगाउका ५० वर्षिय मुल्ला भन्ने निजामुद्दिन साईलाई सीमा क्षेत्रको जमुनाहबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
अपहरण मुद्दामा साईलाई बाँके जिल्ला अदालतबाट ९ वर्ष कैद र ९ लाख ५० हजार जरिवानासमेतको फैसला २०७२ माघ २ गते सुनाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
साईले अन्य ८ जनासमेतको सहयोगमा अन्सारीलाई अपहरण गरी अन्सारीको फिरौतीको लागि ९ लाख फिरौती लिएर अन्सारीलाई बेपत्ता बनाएका थिए । अन्सारीका दाजु ताहिर अन्सारीले आफ्नो भाई मुन्नुलाई अपहरण गरी बेपत्ता बनाएको भन्दै दायर मुद्दाको जिल्ला अदालत बाँकेले सुनुवाई समेत गरेको थियो ।
सो मुद्दामा संलग्न साई, रगौ भन्ने साईकै भाई रिजवान साई र बाँके कम्दीका २२ वर्षिय झल्लु धोबी हाल कारागारमा रहेका, साविक ईन्द्रपुर–८ का शुष्मा बर्मा र भवानियापुर–८ प्रमोद गिरी हाल कारागार मुक्त रहेको र कम्दीका बकरिदी शेष, भारत मिहीपुरवा ईरशद खान, मोईन कुरेशी र सिराजुल रहमान अन्सारी फरार रहेको बाँके प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।

Next Post

नेपालगञ्जमा धुमधामका साथ मनाईयो होली

७ चैत्र २०७५, बिहीबार २१:४४
सदरलाइनडटकम, नेपालगञ्ज : रंग र उमंगको पर्वको रुपमा रहेको होली पर्व बाँकेमा पनि धुमधामका साथ मनाईएको छ । नेपालगञ्जमा विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी होली पर्व मनाएका हुन । नेपालगञ्जका विभिन्न स्थानहरुमा डिजेसहित आयोजना गरिएको होलीमिलन कार्यक्रममा युवायुवतीहरु रंग अविरको रंगिन परिवेषमा झुम्दै होलि पर्व मनाईएको थियो । […]