सदरलाइनडटकम,
हेटौडा : भक्तपुरबाट हेटौँडाका लागि गएको बस मकवानपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मंगलवार भएको दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जन्ती बोकेको बस मकवानपुरको गढी गाउँपालिकाको चैनपुर भन्ने ठाउँमा दुर्घटनामा परेको हो । ना २ ख २२१७ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसमा २८ जना सवार थिए । घाइतेलाई थप उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
मृतकको पहिचान खुलेको छैन । दुर्घटनाको उद्धारका लागि मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराई नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
Next Post
साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात
२८ फाल्गुन २०७५, मंगलवार १५:५९
सम्बन्धित
-
१९ भाद्र २०७९, आईतवार १४:३८
टिकटक बनाउने क्रममा दाङमा एकको मृत्यु
-
२१ बैशाख २०७५, शुक्रबार १७:३६
बाँकेमा सिण्डिकेट पक्षधर समितिका छ जना पक्राउ
-
८ कार्तिक २०७५, बिहीबार १९:०८
स्व.मोहनविक्रम स्मृतिकप फूटबल प्रतियोगिता सुरु
-
१ आश्विन २०८०, सोमबार १६:०३
कजरी तीजका अवसरमा सांसद तिवारी सम्मानित
-
२ भाद्र २०७८, बुधबार १४:५१
कोरोना संक्रमणबाट भेरीमा एक महिलाको मृत्यु
-
१८ असार २०७६, बुधबार १५:२१
देशैभर पानी पर्न अझै चार दिन कुर्नुपर्ने