खजुराको केन्द्र कहाँ राख्ने विषयमा छलफल हुँदै

१५ माघ २०७५, मंगलवार १७:४४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) :  खजुरा गाउँपालिकाको आज (मंगलवार) देखि चौथो गाउँसभा खजुरा गाउँपालिकामा सुरु भएको छ । गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिकाको केन्द्र निर्धारणको विषय छलफलका लागि सभा समक्ष प्रस्तुत गरे लगत्तै केन्द्र निर्धारणको विषयमा सभासदहरुले आफ्नो धारणा राखे पनि निर्णय भने हुन सकेको छैन ।
केन्द्रका लागि सभासदहरुले तीन खाले प्रस्ताव अघि सारेको जनाईएको छ । गाउँसभामा बोल्दै वडानं. ७ का वडाध्यक्ष अतिउल्ला खाँले संवेदनशील विषय भएकाले केही दिनको समय लिएर सर्वसम्मत निर्णय गरिनु पर्ने धारणा राखे । वडा नं. २ का वडाध्यक्ष देविलाल शर्मा, वडा सदस्य टोपबहादुर ओली, वडा नं. १ का वडा सदस्य देवप्रसाद बुढा, रामबहादुर शाहीको एक मत सन्तकुटीमा गाउँपालिकाको केन्द्र तोक्नु पर्नेमा देखियो ।
त्यस्तै कार्यपालिका सदस्य भागीरथ सुनारले राजनीतिक दलले विगतमा गरेको सहमति अथवा पुरानै ठाउँमा हुनु पर्ने धारणा राखे भने वडा नं. ८ का वडाध्यक्ष फिरोज खाँ, वडा नं. ३ का सदस्य सरोज देवकोटा, डिल्लीप्रसाद आचार्यले गाउँपालिकाको केन्द्र क गाउँमा राख्नु पर्ने प्रस्ताव गरे ।
खजुरा गाउँपालिकाको केन्द्र निर्धारणको विषय पेचिलो बनेको छ । केन्द्रका लागि वडा नंं. ७ का वडाध्यक्ष अतिउल्ला खाँको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ । गाउँसभा फगुन १ गते विहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।
गाउँसभाले खजुरा गाउँपालिकाको अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता संचालन निर्देशिका २०७५ र अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप निर्देशिका २०७५ भने संसोधनसहित सर्वसम्मतले पारित गरेको छ ।
वडा नं. ४ का वडाध्यक्ष तथा सभाका सदस्य तिलक वीर सुनारले फुटबल प्रतियोगिता पनि समावेश गरियोस भनी प्रस्ताव गरेपछि समावेश गर्दै उक्त निर्देशिका पारित गरिएको हो । सभामा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले चालू आर्थिक वर्षको हालसम्म भएका आर्थिक तथा भौत्तिक प्रगति सभामा प्रस्तुत गरे ।

Next Post

जिभिएन, आदर्श, जनज्योती र एबीसी स्कूलसेमिफाइनलमा

१५ माघ २०७५, मंगलवार १७:४४
सदरलाइनडटकम, नेपालगञ्ज : जिभिएन, आदर्श मावि नेपालगञ्ज, जनज्योती र एबीसी स्कूल मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा सञ्चालन गरिरहेको मेयर कपको मंगलवार भएको पहिलो खेलमा जिभिएनले मोडेललाई ट्राइबेकरमा ५–३ गोलले पाखा लगायो । निर्धारित […]

सम्बन्धित