रासायनिक विषादि प्रयोग नगर्न कृषकलाई आग्रह

११ पुष २०७५, बुधबार १८:२५
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : तरकारी खेतीमा रासायनिक बिषादिको प्रयोग कम गर्न खजुरा गाँउपालिका वडा नं. ३ ले किसानहरुलाई तलिमसहित सचेतना अभियान शुरु गरेको छ । रासायनिक बिषादिको प्रयोगद्वारा उत्पादित तरकारीले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएपछि खजुरा गाँउपालिका वडा नं. ३ ले बिषादिरहित तरकारी उत्पादनका लागि अभियानसहित कृषकहरुलाई तालिम शुरु गरेको हो ।
वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतमले ३ नं. वडाका किसानलाई बिषादि प्रयोग नगरी तरकारी उत्पादन गर्ने उद्देश्यले अभियान थालेकोे बताए । नेपाली किसानहरुले उत्पादन गरेपनि नजिकै भारतको सिमाना भएको हुँदा सिमा क्षेत्रका नेपाली किसानहरुले उत्पादन गरेका तरकारीको ब्यापार फस्टाउन नसकेको अध्यक्ष गौतमले बताए ।
उनले तालिममा सहभागी किसानहरुलाई रासायनिक बिषादिको सट्टा जैविक मल प्रयोग गरी तरकारी उत्पादन गर्न सुझाव दिए । जैविक मल प्रयोग गरेर उत्पादन गरेका तरकारी सहजै र अलि महंगो मूल्यमा बिक्रि बितरण हुने अध्यक्ष गौतमले बताए । उनले किसानहरुले रासायनिक बिषादि प्रयोग नगरी उत्पादन गरेका कृषि उपजहरुको प्रचारप्रसार र बजार ब्यवस्थापनमा स्थानीय सरकारले पहल गर्ने आश्वासन दिए । सचेतना अभियानका प्रशिक्षक पदम खड्काले कृषकहरुलाई रासायनिक बिषादिबिना तरकारी खेतीबारे प्रशिक्षण दिएका थिए ।

Next Post

अनुसन्धानमा नेपाल प्रहरी सक्षम छ : आईजीपी खनाल

११ पुष २०७५, बुधबार १८:२५
सदरलाइनडटकम, रुपन्देही : नेपाल प्रहरीका प्रमुखव प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले निर्मला पन्तको घटनालाई आधार बनाएर नेपाल प्रहरीमाथि अविश्वास नगर्न आग्रह गरेका छन् । बुटवलमा बुधवार आयोजित कार्यक्रममा बोल्दै उनले अनुसन्धानका घटनामा नेपाल प्रहरी सफल भइरहेको भन्दै एकाध घटनालाई आधार बनाएर नकारात्मक टिप्पणी नगर्न आग्रह गरे । हिंसात्मक अधिकांश घटनामा प्रहरी […]