सदरलाइनडटकम,
काठमाण्डौ : ३३ किलो सुनसहित दुई नेपाली भारतको कोलकतामा पक्राउ परेका छन् । भारतीय प्रहरीले शुक्रवार दुई नेपालीसहित ३३ किलो सुन नियन्त्रणमा लिएको हो । भारतमा भेटिएको ३३ किलो सुन नेपालबाट हराएको सुन भएको हुनसक्ने आशंका गरिएको छ । पक्राउ पर्नेमा हेमप्रसाद शर्मा र राकेशप्रसाद रहेको गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयका सहसचिव ईश्वराज पौडेलले भारतमा भेटिएको सुन नेपालबाट हराएको सुन हुनसक्ने बताए । गृहमन्त्रालयले लामो समयदेखि सहसचिव पौडेलकै नेतृत्वमा हराएको सुनाका विषयमा अनुसन्धान गरिरहेको छ । नेपालबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन हराएको थियो ।
अहिले भारतमा भेटिएको सुन चूडामणि उप्रेती भन्ने गोरेको हो या होइन भन्ने विषयमा प्रमाणित गर्ने काम भइरहेको छ । गोरेले तस्करी गरेर ल्याएको सुन हराएको थियो । गोरे अहिले पुर्पक्षका लागि जेलमा छन् ।
Next Post
नेकपा स्थायी कमिटि बैठक शुरु, काँग्रेस महासमिति बैठक जारी
२९ मंसिर २०७५, शनिबार १४:०९
सम्बन्धित
-
२ पुष २०७५, सोमबार १८:३८
लागु औषधविरुद्ध खजुरामा सांस्कृतिक कार्यक्रम
-
९ असार २०७६, सोमबार १६:५३
प्रतिबन्धित बिप्लव समूहद्वारा बन्द आव्हान
-
१२ चैत्र २०७५, मंगलवार १५:५१
लेनदेन आरोपमा फरार व्यक्ति प्रहरीको फन्दामा
-
२० बैशाख २०७५, बिहीबार १८:५४
सदरलाइन विस्तारको पक्षमा अदालतको आदेश
-
२४ भाद्र २०७६, मंगलवार १८:१८
पत्रकारमाथि लगाइएको आरोपप्रति महासंघको आपत्ती
-
१३ चैत्र २०७४, मंगलवार १०:००
प्रदेश आइडलमा उत्कृष्ट हुन भोट माग्दै सावित्री