फोरमले माग्यो प्रहरी महानिरीक्षक खनालको राजीनामा

२४ मंसिर २०७५, सोमबार १४:५९
 

सदरलाइनडटकम,
काठमाण्डौ : सत्तारुढ संघीय समाजवादी फोरम नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा मागेको छ । फोरम नेपालकी सांसद प्रमिलाकुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरिन् ।
सोमवार संघीय संसदको दिगो विकास तथा सुशासन समितिले मुलुकको सुशासनको अवस्था कमजोर हँुँदै गइरहेको अवस्थाबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो । बैठकमा बोल्दै सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्ने आँट गर्न नसक्ने प्रहरी महानिरीक्षक खनाल पदमा रहिरहन नमिल्ने तर्क गरिन् ।
उनले सो हत्याकाण्डको अनुसन्धानको नाममा निर्दोषलाई पक्राउ गरी यातना दिने काम अबिलम्ब बन्द गर्न पनि प्रहरी महानिरीक्षक खनालको गम्भीर ध्यानाकर्षण गराइन् । सांस द कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ किन नगरेको भनि प्रहरी महानिरीक्षक खनाललाई पटक–पटक प्रश्न गरिन् ।
उनले प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको नेतृत्व लिन नसके अरु प्रहरी अधिकृतहरु सक्षम रहेको दावी समेत गरिन् । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अझैसम्म पक्राउ नपरेपछि सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

Next Post

प्रहरीसँग मुठभेड हुँदा सुनसरीमा लुटेराको मृत्यु

२४ मंसिर २०७५, सोमबार १४:५९
सदरलाइनडटकम, सुनसरी : सुनसरीको कोशी गाउपालिका ७ स्थित मुसहरीमा डकैती गर्न आएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । आइतवार राति १० बजे ५–६ जनाको समुहमा आएका व्यक्तिहरुले गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछी प्रहरीले जवाफी फायरिङ गरेको थियो । मुठभेडमा अन्दाजी ३५ बर्षीय एक जनाको […]