शिकार खेल्न गएका एकको मृत्यु, एक बेपत्ता

  
  प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५       | 103 Views   ||

सदरलाइनडटकम,
कैलाली : जंगली जनावरको शिकार खेल्न गएका धनगढीमा दुई जनामध्ये एकजना मृत भेटिएका छन् भने एकजना बेपत्ता भएका छन् । फूलबारीस्थित हरियाली सामुदायिक वनमा मंगलवार बेलुका शिकार खेल्न गएका फूलबारी सीगाउँका राजमोहन चौधरी बुधवार मृत भेटिएका हुन् भने उनीसँगै गएका हरि चौधरी बेपत्ता छन् ।
राजमोहनको बुधवार बिहान कोषमाया तालनजिकै शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए । हरिको खोजीकार्य भइरहेको निमित्त प्रमुख वलीले बताए । स्थानीयका अनुसार मंगलवार साँझ उक्त जंगलमा बन्दुक पड्किएको आवाज सुनिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५     6:30:09 PM  |