सरकारको कामप्रति गाउँपालिका महासंघ असन्तुष्ट

  
  प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५       | 15 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले स्थानीय तहको कर्मचारीलाई तलव खुवाउने व्यवस्थासमेत नगरेको भन्दै गाउँपालिका राष्ट्रीय महासंघ नेपालले असन्तुष्टि जनाएको छ । महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहका कर्मचारीलाई अझै तलव खुवाउने व्यवस्थासमेत गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।
स्थानीय तहलाई तत्काल आवश्यक स्रोत, साधनको उचित व्यवस्था गर्नसरकारसँग माग गर्दै उनले सरकारले निर्णय, कार्यान्वयन, अनुगमन र बजेटको उचित व्यवस्था नगर्दा स्थानीय तहको काम प्रभावकारी हुन नसकेको दावी गरे ।
काठमाण्डौमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले संघीय ऐनले संविधानको भावनालाई आत्मसात गर्न नसकेको आरोपसमेत लगाए । उनले विकास आयोजनाको कामलाई छिटो सम्पन्न गराउनका निम्ति संघ, प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै विकास आयोजनाको तह निर्धारण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५     4:57:12 PM  |