कारले ठक्कर दिँदा बाँकेमा एक महिलाको मृत्यु, तीन घाईते

२० कार्तिक २०७५, मंगलवार १९:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कारले ठक्कर दिँदा बाँकेमा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । नेपालगञ्जबाट बर्दिया जाँदै गरेको कारले मंगलवार दिउँसो ठक्कर दिँदा खजुरा गाउँपालिका ३ की ५५ बर्षीया अमृता ओलीको मृत्यु भएको हो ।
भे १५ च ७१५० नं. को कारले सडकको किनारमा रोकी राखेको अटोलाई ठक्कर दिँदा अटो उछिटिएर ओलीमाथि खस्दा उनको उपचारका क्रममा भेरी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक मखनप्रसाद यादवले बताए ।
दुर्घटनामा खजुरा गाउँपालिका ३ की २९ बर्षीया अनिता भण्डारी, ३० बर्षीया अश्रिता ओली र ९ महिने प्रणव भण्डारी घाइते भएका छन् । घाइते तीनैजनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था सामान्य रहेको छ भने अटोलाई ठक्कर दिने कार र चालकलाई इलाका प्रहरी कार्यालय धनौलीले नियन्त्रणमा लिएको छ ।

Next Post

‘दलित महिलाका लागि अभियान थाल्नी गर्नुपर्ने’

२० कार्तिक २०७५, मंगलवार १९:२०
सदरलाइनडटकम, बाँसगढी (बर्दिया) : दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि अभियान शुरु गर्नुपर्ने सराकारवालाहरुले बताएका छन् । दलित महिला संघ बर्दियाले मंगलवार आयोजना गरेको दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि सरोकारवालाहरूसँग जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । गुलरिया नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथी सुशिला गिरीले स्थानीय निकायका जनप्रतिनिधिनै […]

सम्बन्धित